चाउमिन बनाउने मेसीनमा परेर श्रीमतीकाे ज्यान गयाे


न्युज अफ नेपाल, बझाङ ।

बझाङमा चाउमिन बनाउने मेसीनमा दोपट्टा बेरीदा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा खप्तड छान्ना गाँउपालीका वडा नम्बर ४ की २५ बर्षिया पुष्पा देवि श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरी रहेकी श्रेष्ठले हालेको दोपट्टा चाउमिन मसीनका फस्न गै घाँटी च्यापीएर मृत्यु भएको हो ।

चाउमिन उद्योग श्रेष्ठका श्रीमान राज कुमार श्रेष्ठले लामो समय देखी खप्तड छान्ना गाँउपालीकामा संचालनमा ल्याएका थिए । मृतकको शब जिल्ला अस्पतालमा पोष्टमाटमपछि आज दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।