सीआईए र रअका एजेण्टलाई कारवाही गर्न विशेष सेवा विधेयक ल्याइएको हो: सांसद विडारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विशेष सेवा विधेयक २०७६ सीआईए र रअका एजेण्टलाई कारवाही गर्न ल्याइएको बताएका छन् । राष्ट्रियसभामा पेश भएको विशेष सेवा विधेयकमाथि छलफल गर्ने क्रममा देशकोविरुद्ध जासुसी गर्नेहरु पत्ता लगाउन टेलिफोन ट्यापिङ गर्नु ठीक भएको विडारीले बताए ।

नेपालको आन्तरिक मामिलामा रअ र सीआईएका एजेण्टहरुले हस्तक्षेप गरेकाले उनीहरुको खोजी गरी कारवाही गर्न सो विधेयक ल्याएको सांसद विडारीले बताए ।

‘इन्टेलिजेन्स हो यसको मुख्य काम । अमेरिकाको सीआईए कुन कानुनले चल्छ ? नेपाल आएर काम गरिरहेका छन् । त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन् । त्यो नेपालले थाहा पाउनुपर्‍यो कि नाई ? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नुपर्‍यो कि नाई ?’ उनले प्रश्न गरे ।

‘हैरान पारेको छ ‘रअ’ले नेपालमा । आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ । त्यसको एजेण्टको को हुन् रु खोजी खोजी कारवाही गर्ने भनेको छ । यो ऐनमा लेखेको छ । त्यसलााई कारवाही गर्ने किन नगर्ने ? गर्न लाग्यो खबरदार त्यसलाई गर्न लाग्यो भन्न मिल्छ र?

डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउने पो हो कि भनेर तर्सिन नहुने सांसद बिडारी बताउँछन् ।

खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उनले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडि बढ्न सकिने बताए । ‘हामीजस्ता मान्छे संसदमा छौँ । बेठिक कानुन बन्न दिँदैनौ । मौलिक अधिकारको हनन गर्न दिँदैनौं । हामी यसलाई हेर्छौ बुझ्छौ । त्यसलै काम गर्छौ । देशको विरुद्धमा जान दिँदैनौ । सरकारले ल्याएको विधेयक ठीक छ भन्ने छैन, सच्याएर पास हुन्छ’ विडारीले भने ।

यस्तै, विडारीले प्रतिपक्षि सांसदले प्रेमी प्रेमिकाबीचको टेलिफोन कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको आरोप लगाएका छन् । उनले भने, ‘कस्तो फट्याइ गरेको-विचरा बाटोमा हिँड्ने २ वटा कम्युटर चलाइरहने प्रेमी प्रेमिकाको कुरा ट्याव गर्दैन क्या । यो वाहियात कुरा किन भनेको ? यस्तो हल्का कुरालाई किन उकास्या ?’