आज काठमाडौंका यी रुटमा गाडी चलाउन पाईने छैन


न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार (आज) भ्रमण वर्षको दशरथ रंगशालामा भब्य उद्घाटनको तयारी छ। दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्।

उद्घाटन अघि थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी नचलाउन ट्राफिक प्रहरीले विशेष आग्रह गरेको छ। विभिन्न स्थानबाट र्‍याली निकालेर रंगशाला सम्म जाने भएको हुनाले यी स्थानमा सवारी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

साथै त्यसका लागि बैकल्पिक रुट प्रयोग गर्न पनि भनेको छ । त्यस्तै सबै सर्वसाधारणको लागि टुँडिखेलमा पार्किङको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।