नेपाल समाचारपत्र, काठमाडौं।
नेपाली कांग्रेसले आज बुधबार मेलमिलाप दिवस मनाएर आन्तरिक एकतालाई मजबुत बनाउने जनाएको छ।
कांग्रेसले जननेता बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गरेको दिन पुस १६ मा मेलमिलापको नीतिलाई विशेष महत्व दिएर छलफल गर्ने गरेको छ।
पार्टीभित्रको विवाद बढ्दै गएपछि संस्थापन पक्षइतरका नेताले केन्द्रीय समिति बैठक लगातार बहिष्कार गर्दै आएका छन्।
सन्दर्भमा आज हुने छलफलबाट आन्तरिक एकता मजबुत बनाउन मद्दत पुग्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो।
सभापति शेरबहादुर देउवाले नै आजको छलफलमा सबै शीर्ष नेतालाई बोलाएको जानकारी दिँदै प्रवक्ता शर्माले भन्नुभयो– ‘कांग्रेसभित्र आन्तरिकरूपमा जति विमति बढ्दै गए पनि अन्त्यमा सहमतिका साथ अघि बढिनेछ।’
माघको पहिलो साता हुने राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न कांग्रेसले भोलि बिहीबार केन्द्रीय बैठक बोलाएको छ।











प्रतिक्रिया