काठमाडौं, (नेस)।
नेपाली कांग्रेसले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै उनीहरूका माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति संसदीय दलको ध्यानाकर्षण भएको बताउनुभयो।
‘उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहवरमा किसान र उद्योगीबीच सहमति भए तापनि हालसम्म कार्यान्वयन नहुनु दुःखद पक्ष हो’, उहाँले भन्नुभयो– ‘अहिले उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।’











प्रतिक्रिया