उद्धारकर्ताको मृत्यु



बैंकक, (एजेन्सी)।

गत वर्ष थाइल्यान्डको बाढी पसेको गुफामा फसेका १२ जना बालक र तिनीहरूका फुटबल प्रशिक्षकको सफल उद्धार गर्ने टोलीका एकजना सदस्यको मृत्यु भएको सरकारी सूत्रले जनाएको छ।

सो उद्धार कार्यको दौरान नै भएको संक्रमणका कारण उनको मृत्यु भएको हो। थाम लुआङ गुफामा उद्धार कार्यमा संलग्न हुने क्रममा थाई नौसैनिक बेइरुत पाक्वाराको रगत संक्रमित हुन पुगेको थियो।

उपचारकै क्रममा उनको शुक्रबार निधन भएको हो। उद्धारकै क्रममा अर्का नौसैनिक तैराकी सामान गुनानको ज्यान गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्