कीर्तिपुरमा भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम, सेनाद्वारा डिस्पोज


न्युज अफ नेपाल, काठमाडौँ ।

कीर्तिपुरको पांगा दोबाटोमा भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ साढे पाँच बजेको समयमा भेटिएको उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

प्लास्टिकमा बेरिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।