राजधानीमा शंकास्पद गतिविधिको अखडा बनाएका १० जना चिनिँया नागरिक पक्राउ

प्रहरीको अपरेशन जारी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको राजधानी काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले एक दर्जन भन्दा बढि चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए।

सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्।

सोमबार तीनवटै प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन्। ती स्थानमा थुप्रै चिनियाँ नागरिकहरु पक्राउ गरेको एक प्रहरी अधिकारीले न्युज अफ नेपाललाई जानकारी दिए । उनका अनुसार अपरेशन अहिले जारी छ। प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्‍नेबारे खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्