हिउँदे अधिवेशनमा २७ विधेयक



काठमाडौं, (नेस)।

संघीय संसद्को पाँचौं अधिवेशनमा २७ विधेयकमाथि कारबाही प्रक्रिया अघि बढाइने भएको छ। संसद् सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएका दुई विधेयक कारबाहीको प्रक्रिया अगाडि बढाइने भएको हो।

समितिमा विचाराधीन रहेका विधेयकहरूमा बीमा, नेपाल नागरिकता (पहिलो संशोधन), पारमाणविक, संघीय निजामती सेवा, सूचना प्रविधिसम्बन्धी, ज्येष्ठ नागरिकसम्बन्धी, खानेपानी तथा सरसफाइ, बिरुवा संरक्षण (पहिलो संशोधन) छन्।

यस्तै अन्य विधेयकमा बीउबिजन (दोस्रो संशोधन), राष्ट्रिय खेलकुद विकास, प्रमाण (दोस्रो संशोधन), मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, नागरिक लगानी कोष (दोस्रो संशोधन), लोकसेवा आयोग र शिक्षासम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक रहेका छन्।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सहमति भएका विधेयक पारितका लागि नियमित प्रक्रियामा जाने र विवादास्पद विधेयकमा केही समय लाग्ने बताउनुभयो।प्रतिनिधिसभाको अर्काे बैठक यही पुस ११ र राष्ट्रिय सभाको ७ गते बोलाइएको छ। प्रतिनिधिसभाको पुस ११ गतेको बैठकमा सभामुखको निर्वाचन कार्यतालिकाबारे जानकारी गराइने प्रवक्ता पाण्डेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्