न्युज अफ नेपाल, काठमाडौं ।
मंसिर शुक्ल पूर्णिमाका दिन आज यामरी पूर्णिमा तथा उधौली पर्व मनाइँदैछ ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउने गरिएको हो । आजको दिनलाई ज्यापू दिवस र धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ ।
पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गरी धान्य पूर्णीमा मनाउने गर्दछन् । त्यसैगरी किराँत समुदायले आजकै दिन महान् पर्व उधौली मनाउँदैछन् ।
किराँत भित्र पनि लिम्बू जातिले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फोल्स्यादर भनेर मनाउने गर्दछन् ।
काठमाडौं उपत्यकामा योमरी पूर्णिमा मनाउँदै गरेका केहि झलकहरु
तस्विरः भगवती तिमल्सिना, काठमाडौं ।













प्रतिक्रिया