चन्द्रागिरीको तीनथानामा भिषण आगलागी, एक घर जलेर ध्वस्त


न्युज अफ नेपाल, काठमाडौं ।

चन्द्रागिरी नगरपालिकाको तीनथानामा आज बिहान भिषण आगलागी भएको छ । आगलागीमा लाखौ बढीको क्षती भएको छ । रङ् पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागीमा घर तथा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि काठमाडौं,ललितपूर महानगरपालिकाका दमकल, शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयहरुको करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।