पत्रकार, सरकारी र अत्यावश्यक सवारी साधनमा जोबिजोर लागु छैनः ट्राफिक प्रहरी


न्युज अफ नेपाल, काठमाडौं ।

महानगरीय प्रहरी महाशाखाले १३ औ साग खेलकुदमा अत्यावश्यक, सरकारी साधन र संचारमाध्यमको सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु नहुने जनाएको छ ।

सरकारले साग खेलकुलको उद्घाटन हुने दिन भोली मंसिर १५ गते विजोर र सामापन हुने दिन २४ गते जोर नम्बरको सवारी साधन संचालन गर्न सुचना जारी गरेको थियो ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले साग खेलकुदको उद्घाटन र समापनको संचार माध्यम, अत्यावश्यक र सरकारी सवारी साधनमा यो व्यवस्था लागु नहुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।