प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखीय सुधार, हिडडुल गर्न सक्ने


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।

मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले बताएका छन् ।

‘सबै ठीकठाक छ, इम्प्रुभ भइरहेको छ खाना खान शुरू गर्नुभएको छ ।’ बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग डाक्टर सायमीले भने, ‘हिँड्न शुरू गर्नुभएको छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ ।’

डाक्टर सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेपनि आईसीयूमै राखेर आगन्तुकलाई भेट्न नदिइएको बताए ।

प्रधानमन्त्री ओलीको उपचारको भावी रणनीति तय गर्न बिहीवार नै चिकित्सक र विशेषज्ञहरूको छलफल पनि भएको थियो ।

नियमित डायलासिसको प्रक्रियामा रहेका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापश्चात दुईपटक डायलासिस गरिसकिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।