बलात्कार अभियाेगमा पक्राउ परेका विद्यार्थी नेता राई जेल चलान


न्युज अफ नेपाल, काठमाडौं ।

बलात्कार अभियाेगमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव इन्द्रहाङ राईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाले सो निर्णय गरेको हो । अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा लगिएको प्रहरीले जनाएको छ ।

आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्यसमेत रहेका राई बलात्कारको आरोपमा १२ कात्तिकमा पक्राउ परेका थिए ।

राईमाथि तिहारमा देउसी खेल्न बहानामा आफ्नै साथीको बहिनी बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।