शव विवाद



म्याड्रिड, (एजेन्सी)।स्पेनको सर्वाेच्च अदालतले मंगलबार तानाशाह फ्रान्सिस्को फ्रान्कोको शवलाई चिहानबाट निकाल्ने आदेश दिएको छ।

अदालतले समाजवादी सरकारको उनको शवलाई राष्ट्रिय चिहानबाट निकालेर कम विवादास्पद क्षेत्रमा लाने योजनाको समर्थन गरेको हो।

फ्रान्कोको शव ननिकाल्न उनको परिवारले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। तीसको दशकमा गृहयुद्ध जितेका फ्रान्कोले सन् १९७५ सम्म स्पेनमा शासन चलाएका थिए।

स्पेनमा उनको शव निकाल्ने विषय निकै विवादास्पद रहँदै आएको छ।अहिले उनलाई गृहयुद्धमा मारिने दशौं हजारबीच भ्याली अफ दि फलनमा गाडिएको छ।

प्रतिक्रिया दिनुहोस्