दाहालले जिते ५ लाख



नेपाल समाचारपत्र, काठमाडौं । दाहालले जिते ५ लाखहेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लव) द्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहालले उपाधि जितेका छन्।

ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र ललित धिमाल तेस्रो भए। शीर्ष तीन हुनेले क्रमशः ५ लाख, दुई लाख ५० हजार र २ लाख नगदसहित ताम्रपत्र प्राप्त गरेका छन्।

उक्त कार्यक्रममा सहभागी दशै खेलाडीलाई पुरस्कार र उपहार प्रदान गरिएको थियो। विजेता दाहालले आगामी मंसिरमा यूएईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र त्यसको खर्च आयोजक संस्थाले गर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्