पुस्पलाल स्मृती ब्याडमिन्टन इटहरीमा



नेपाल समाचारपत्र, काठमाडौं ।खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ।

भाद्र २४ देखि २८ गतेसम्म इटहरीस्थित र·शालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष उच्च १६ वरियता तथा महिला उच्च १२ वरियताको एकलबीच मात्रै प्रतिस्पर्धा हुनेछ।

कुल ५ लाख ५८ हजार लागत रहेको प्रतियोगितामा करिब १ सय ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उच्च वरियताबीचको पुरुष तथा महिला एकलमा शीर्ष तीन विजेताले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्