बोडेमा नीलबाराही नाचको रौनक



  पुष्कर बुढाथोकी, भक्तपुर। मध्यपुरठिमी नगरपालिकाअन्तर्गत बोडेमा प्रसिद्ध नाच भने  नाचको रौनक समापन भएको छ। भक्तपुरको मध्यपुरठिमीको वडा ८ र ९ मा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट देखि देखाइने यो नाच निरन्तरूपमा सञ्चालन हुँदै आएको छ।
उपत्यकाका विभिन्न नाच बेलाबेलामा रोक्दै र हराउँदै गए पनि यो नाच भने निरन्तर सञ्चालन हुँदै आइरहेको छ। नाच बिहान, दिउँसो र राति टोल टोलमा देखाउने गरिन्छ। तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने सो नाचमा देवगणमा भैरव १, द्वारपाल २,  बाराही, कुमारी, गणेश र सिंह ४–४ गरी १९ देवगणको समूह रहन्छन्।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नाच भने  नाच कहिलेदेखि शुरू भएको एकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच शुरू भएको  विश्वास स्थानीयको छ।
नाच भने  देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नाच भने  जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच शुरू भएको किम्बदन्ती एवं जनविश्वास रहँदै आएको छ।
यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो। १५ दिन अघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरू भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ। प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ। देवगणले मुकुण्डो लाएर घण्टौंसम्म टोलटोल घुमेर निरन्तर नाच्नुपर्ने र गाह्रो भएर बस्नैपरे पनि जिउमा अडेसलगाएर बस्नु पर्ने परम्परा रहेको छ।
आर्थिक अभाव र जनशक्ति अभावलगायतका समस्या झेल्दै गए पनि नाच भने निरन्तररूपमा सञ्चालन हँुदै आएको छ। मध्यराति १२ बजेदेखि शुरू भई परम्परागत नियममा बाँधिएर दैनिक १० देखि १४ घण्टासम्म देखाइएको छ।

दैनिक १० घण्टाभन्दा बढी नाचिरहनुपर्ने नाचमा देवता र देवताका सहयोगी, बाजा बजाउने र गुरु गरी नाचमा सय जनाभन्दा बढी व्यक्ति क्रियाशील रहने गर्दछन्।
आर्थिक अभाव र जनशक्ति अभावलगायतका समस्या झेल्दै गए पनि नाच भने निरन्तररूपमा सञ्चालन हँुदै आएको छ। मध्यराति १२ बजेदेखि शुरू भई परम्परागत नियममा बाँधिएर दैनिक १० देखि १४ घण्टासम्म देखाइएको छ

प्रतिक्रिया दिनुहोस्