धुन्चे-स्याफ्रु सडक खण्डको खोपाङ भिडको अप्ठ्यारो ठाउँमा सोयलिङ गर्दा यातायातलाई सहज



सरस्वति न्यौपाने, रसुवा । अन्तराष्ट्रिय नाका जोडने धुन्चे स्याफ्रु सडक खण्डको खोपाङ भीरको अप्ठ्यारो ठाउँमा सोयलिङ गर्दा मालबाहक गाडीलाई सहज भएको छ ।

जिल्लामा सडक डिभिजन कार्यालय नहुँदा प्रभावकारी नभएको भन्ने गुनासो आएको र मालवाहक गाडीहरु ले दिननुलिन हैरानी खेप्नु परेका कारण रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको तेतृत्वमा जिल्ला स्थित नेपाली सेना कालिजंग गण नेपाली प्रहरी सशस्त्र प्रहरी, सडक डिभिजन कार्यालयका कर्मचारी स्थानिय बासी लागयत मालबाहक गाडीका चालक तथा सहचालकहरुबाट भदौ एक र दुई गते उकालो रहेको बाटोमा सोयलिङ गरी आवत जावतमा सहजता ल्याइएको छ ।

भने गोसाईकुण्ड गाउँपालिकाबाट एक टिफर उपलब्ध गराएको थियो । प्र.जि.अ. भण्डारीका अनुसार यस्ता विग्रीएका ठाउँहरुमा मात्र सुरक्षा कमी परिचालन गरिनेछ ।

आइतबार र सोमबार नेपाली सेना र कालिजंग गण नेपाल प्रहरी सशस्त्र प्रहरी, सडक डिभिजनका कर्मचारी लगायतका ३० जना खटाई खोपाङ भिरको उकालोमा १५ मिटर र सोयलिङ सगरिएको हो । अब यातायातलाई सहज हुन्छ ।

डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले भने संघिय सरकारबाट न्युन बजेट आउँदा आवश्यक ठाउँहरुमा सडक सुधारको काम गर्न नसकिएको र सडक मर्मतका लागी भनेको समयमा कामदार नपाउनुले पनि अर्काे समस्या छ ।

दैनिक रुपमा मुलखर्क राम्चे स्याउबारी क्षेत्र र खोपाङ भीरमा यातायात सधै धकेलनुपर्ने स्थिति रहेको कन्टेनर चालकहरुको भनाई रहेको छ । प्र.जि.अ. भण्डारीले भने अब यस्तो स्थित आउदैन ।

प्रतिक्रिया दिनुहोस्