च्याउ, झ्याउ र स्याउले कर्णालीको मुहार फेरिने



दीपेन्द्र शर्मा, सुर्खेत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णालीका सम्भावनालाई वास्तविकतातिर रुपान्तरण गर्नसके समृद्ध कर्णाली बन्ने बताउनुभएको छ। सोमबार अध्यक्ष तिमिल्सेनाले कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३आंै बैठकलाई सम्बोधन गर्दै कर्णालीका सम्भावनालाई वास्तविकतातिर रुपान्तरण गर्न सके समृद्ध कर्णाली बन्ने बताउनुभएको हो।

बैठकलाई सम्बोधन गर्दै उहाँले कर्णालीको स्थानीय उत्पादनको प्रयोग गरेर समृद्ध कर्णाली निर्माण गर्न प्रदेश सरकारले योजना बनाई कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिनुभयो। उहाँले कर्णालीको च्याउ, झ्याउ र स्याउले कर्णालीको मात्रै नभई देशकै मुहार फेर्न सक्ने धारणा व्यक्त गर्नुभयो। कर्णालीमै प्रशोधन उद्योग खोल्नुपर्छ ।

 

कर्णालीको विकासका लागि यहाँको जडिबुटी कौडीको भाउमा निर्यात गर्नुको साटो कर्णालीमै प्रशोधन उद्योग खोल्न प्रदेश सरकारलाई सुझाउनुभयो। विकासको प्रतिफल सोझै जनताको हातमा पु¥याउनका लागि सिँचाइ, खानेपानी माछापालन र पर्यटनलाई महत्वपूर्ण परियोजनाका रुपमा लिनुपर्ने तिमिल्सेनाको भनाइ छ।
कर्णालीका सडकलाई सुरक्षित बनाऔं

कर्णालीको सडक यातायातलाई भरपर्दो बनाउने जिम्मेवारी प्रदेश सरकारको भएको भन्दै पहाड भत्काएर सडक बनाउनेभन्दा पनि डाँडा छेडेर सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। कर्णालीका सडकलाई सुरक्षित बनाउनेमा कर्णालीका सडकलाई सुरक्षित बनाउनेमा ध्यान दिन आग्रह गर्दै अध्यक्ष तिमिल्सेनाले आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्न सरकारले जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तिमिल्सेनाले सुर्खेत जुम्ला सडक स्तरउन्नती गर्ने, कोहलपुर–सुर्खेत ४ लेन सडक बनाउने, सुर्खेत, सिमिकोट हुम्ला हिल्सा सडक योजना बनाएको खण्डमा कर्णाली समृद्धिको ढोका खुल्ने बताउनुभयो। कर्णालीको विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता आवश्यक भएकाले जनसहभागीता बढाउन सुझाव दिनुभयो।

बिजुलीले मात्र कर्णालीकोस्वरुप परिवर्तन कर्णालीमा पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न सक्ने अवस्था रहेको बताउँदै अध्यक्ष तिमिल्सेनाले भेरी, कर्णालीलगायतका नदीबाट मात्रै विद्युत् निर्माण गर्न सके कर्णालीको स्वरुप परिवर्तन हुने बताउनुभयो।

अध्यक्ष तिमिल्सेनाले प्रदेश सरकारलाई सचेत गराउन प्रदेशसभाको भूमिका महŒवपूर्ण हुने बताउनुभएको छ। प्रदेश सरकारले गरेका हरेक काम कारबाहीहरूको प्रदेशसभाले लेखाजोखा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

बैठकमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री कार्यालयबाट भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी मुख्यमन्त्रीले नै उक्त मन्त्रालय सम्हालेको पत्र पढेर प्रदेशसभालाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्