अभिभावक नै छोराछोरीको उमेर ढाँट्दै विवाह गराउँदै



लहान, (नेस)।  सिराहामा पछिल्लो समयमा आफ्ना छोराछोरीको उमेर ढाँटेर विवाह गराउने चलन बढेको छ। बीस वर्ष उमेर नपुगेकाको पनि अभिभावकले नै ढाँटेर विवाह गराइदिने गरेको पाइएको छ। बालविवाह तराई र मधेशका जिल्लाहरूमा विकराल समस्याको रुपमा रहेको छ।

जिल्लास्थित इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख दीपनारायण यादवले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बिकराल सामाजिक समस्याको रुपमा रहेको बालविवाह सम्बन्धी कार्यक्रममा विषयवस्तुको प्रस्तुतीकरण गर्दै उक्त कुरा बताउनुभएको हो।

विष्णुपुर इलाका प्रहरी कार्यालयले सिराहा नगरपालिका–११ स्थित भलुवाही माध्यमिक विद्यालयमा छात्र–छात्राहरूलाई सहभागी गराई बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

उक्त साझेदारी कार्यक्रममा छात्र–छात्राहरूका साथै वडाध्यक्ष विनोदकुमार कामती, विद्यालयका प्रधानअध्यापक गंगाराम यादव, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्