धादिङ फोटो पत्रकार संघमा दुवाडी, प्रदेशमा सिलवाल



धादिङ, (नेस)। राष्ट्रिय फोटो पत्रकार समूह नेपालको ३ नम्बर प्रदेश र नेपाल फोटो पत्रकार संघ धादिङको अधिवेशन सोमवार सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपालको ३ तीन नं. प्रदेशको अधीवेशनले नारायण सिलवालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति र नेपाल फोटो पत्रकार संघ धादिङको अधिवेशनले मनिस दुवाडीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निवाचित गरेको हो।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको ३ नम्बर प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्षमा सुदिप सिवाकोटी, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा लोकेश लिम्बु तथा सदस्यहरूमा कपिल खड्का, राजेन्द्र आचार्य र राजेन्द्र गजुरेल रहनुभएको छ।

यसैगरी नेपाल फोटो पत्रकार संघ धादिङको दोश्रो अधिवेशनले निर्वाचित गरेको कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा सन्तोषराज श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ र कोषाध्यक्षमा रामकुमार थापा तथा सदस्यहरूमा शुशिल थापा, शुशिला वि.क.तथा विष्णुकुमार श्रेष्ठ रहनुभएको छ।

१८०औँ विश्व फोटोग्राफी दिवसको अवसरमा अधिवेशन सम्पन्न भएको थियो। यस अघि धादिङबेसीमा फोटो पत्रकारहरूले प्रभातफेरी गरेका थिए। सो अबसरमा जिल्लाभरका पत्रकारहरूले खिचेका फोटोहरूको वृहत प्रदर्शनी समेत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्