माछाको जालमा बेरिएर २ जनाको मृत्यु



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो ।

बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबे पछि बचाउन जाने क्रममा नीरहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ । दुबै जना जालमा बेरिएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ ।

स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुनुहुन्छ । राना विद्यालयमा पढाएर साथीहरु सगै माछा मार्न जानुभएको थियो । रातको समय भएका कारण पनि दुवै जनाको ज्यान बचाउन नसकिएको स्थानीयको भनाई छ ।

उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गुमाईसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्