दिवाना र रोशनी छनोट



काठमाडौं, (नेस)
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणमा सहभागी गराउन नेपाल बक्सिङले मंगलबार छनोट प्रतियोगिता आयोजना ग¥यो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो ।

४८ केजीमा प्रहरीकी दिवाना शेर्माले प्रदेश १ की प्रतिमा श्रेष्ठ बाट वाक ओभर पाउदै छनोट भइन् । ५१ केजीमा प्रदेश ३ की रोशनी राईले प्रदेश १ की रोशनी लावतीलाई अंक आधारमा पराजित गर्दै छनोट भइन् । यो दुई तौलसमूहमा पहिलो भएका खेलाडी स्वस्थ र कम उमेरका कारण प्रशिक्षणमा सहभागी हुन नपाएपछि छनोट आयोजना गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्