छ वर्षपछि बलात्कारी पक्राउ



इलाम ।
नाबालिका बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई इलाम प्रहरीले छ वर्षपछि बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ५ का २९ बर्षिय सचिन रसाईली रहेका छन् । रसाईलिले २०७० साल जेठ २१ गते इलामका एक नाबालिकालाई बलात्कार गरेर फरार रहेका थिए ।

प्रहरीले बिशेष सुराकीको आधारमा चुलाचुलीबाटै पक्राउ गर्न सफल भएको हो । एक महिलासंग बस्दै आएको सुचना पाएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलात्कार गरेर फरार रहेका रसाइलीलाई जिल्ला अदालत इलामले २०७४ कात्तिक ३० गते नौ बर्षको कैद फैसल सुनाएको थियो । प्रहरीको फरार अभियुक्तको सुचीमा रहेका रसाईलीलाई पक्राउ गरेर सजाय कार्यन्वयनका लागि अदालतमा हाजिर गराई कैद भुक्तानको लागि इलाम कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्