विमानस्थलबाट गोलीसहित एक जना पक्राउ



भद्रपुर ।
थ्रीनट थ्री राइफलमा प्रयोग हुने एक थान गोली सहित भद्रपुर विमानस्थलबाट एक ब्यक्ति पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचका  क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेन राईलाई गोली सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राइको सामानलाइ एक–स्रे मेसिनमा हाल्दा झोला भित्र रहेको थ्रीनट थ्री राइफलमा प्रयोग हुने एक थान गोली फेला परेको थियो । विहीबार दिउँसो साढे १२ बजे राइको सामान चेक जाँचमा परेको थियो । हजुरबुवा भारतीय भूतपूर्व शैनिक भएकोले घरमा ल्याएको गोली कपडामा परेको हुनसक्ने राइले बताएको एक सुरक्षाकर्मीले जनाउँनुभयो ।

घटनापछि राईलाई प्रहरीले गोलीसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्लाका डीएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा राइ विमानस्थल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्