१५ हजार घुस लिने इञ्जिनियरविरुद्ध मुद्दा दायर



काठमाडौं ।
अख्तियार दुरुपयोग अनसन्धान आयोगले एक ईन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बारा जिल्लाको पचरौता नगरपालिकाका इञ्जिनियर राम प्रकाश सतराविरुद्ध बिहीवार मुद्दा दायर गरेको हो ।

सतराले विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात गर्नु पर्ने भुक्तानीका लागि आवश्यक सिफारिस गर्दा पन्ध्र हजार घुस माग गरेका थिए ।

उनलाई आयोगको हेटौंडाबाट खटिएको टोलीले १५ हजार घुस रकम लिईसकेके अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्