‘भिजिट नेपाल’ को नारासहित मकवानपुरे टोली रसियामा



हेटौंडा ।
नेपाल सरकारले अघि सारेको भिजिट नेपाल–२०२० को नारा बोकेर मकवानपुरे व्यवसायीको टोली रसिया पुगेको छ । मकवानपुर पोल्ट्री कल्याणकारी संघ अध्यक्ष सुनिल अधिकारीको नेतृत्वमा ११ सदस्यीय टोली सात दिने भ्रमणमा गएको हो ।

मकवानपुरमा कुखुरा व्यवसायमा सक्रिय ११ सदस्यीय टोली रसिया र ओमान भ्रमणमा गएको हो । टोलीले पर्यटक आगमनका लागि प्रचारप्रसार गर्दै नेपालका विभिन्न चर्चित ठाउँको फोटो अंकित पोशाक लगाएको छ ।

उनीहरुले भ्रमणका क्रममा नेपालका प्रसिद्ध पर्यटकीयस्थल दरबार स्क्वायर, पाशुपत क्षेत्र, लुम्बिनीसहित विभिन्न तालका फोटो अंकित पोशाक लगाएर गन्तव्य चिनाउने अभियान समेटेका छन् । अधिकारीसहित टोलीमा विष्णु अधिकारी, राजेन्द्र मैनाली, जयराम अर्याल, ऋषिराम दुलाल, प्रताप घलान, जोगबहादुर लामा, सुवास गुरुङ, गणेश खड्का, प्रदीप पण्डित, ओम खड्कालगायत छन् ।

टोलीले आफूले लगाएका भ्रमण वर्ष सफल बनाउने पोशाक विदेशमा आफूहरुलाई घुमाउने गाइडलाई लगाउन लगाएर अभियान थप प्रभावकारी बनाउन सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्