बार्सिलोना अझै नेयमारको पर्खाइमा



लन्डन, (एजेन्सी) ।
बार्सिलोना अझै ब्राजिलियन स्टार खेलाडी नेयमारलाई क्लबमा भित्र्याउन चाहेको डेली मेलले जनाएको छ ।

ला लिगा टोली बार्सिलोनाले नेयमारको लागि १ सय १० मिलियन पाउन्ड तिर्ने तयार छ । तर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने १ सय ६५ मिलियन पाउन्डको माँग गरेको छ । जबकी शुरुमा फ्रेन्च क्लबले उनको लागि ३ सय मिलियन युरो (२७५ मिलियन पाउन्ड) माँगेको थियो । अहिले पीएसजी नेयमारलाई त्यो भन्दा आधा रकममा बेच्न आतुर भएको छ । बार्सिलोना र पीएसजी दुबै टोली यसबारे छलफल पनि गरिरहेको डेली मेलले उल्लेख गरेको छ।

बार्सिलोनाबाट खेल्दा नेयमारले राम्रो प्रदर्शन गरेको थियो । नेयमारले २०१३ र २०१७ सालको बीचमा क्लबका लागि १ सय ८६ खेलबाट १ सय ५ गोल गरेका थिए । उनले पीएसजीबाट प्रिसिजनको दौरान अहिलेसम्म खेलेका छैनन् । उनी फिटनेस हुन संघर्ष गरिरहेका छन् । उनले पीएसजीका लागि ५८ खेलबाट ५१ गोल गरेका छन् । यसैले पनि पीएसजीले उनलाई बेच्न कोसिसमा रहेको छ ।

नेयमारको अघिल्लो सिजन २०१८–१९ अन्तर्गत लिग वान (फ्रेन्च लिग) मा १७ खेलबाट १५ गोल गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगका लागि ५, कप डी फ्रान्सको लागि २, कप डी ला लिगमा १ गोल गर्दा उनले ट्रफी डेस च्याम्पियन्समा गोल गर्न सकेनन् । उनले सो सिजनमा कूल २८ खेलमा २३ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्