दशगजा क्षेत्रबाट २२ गोरु बरामद


भद्रपुर ।
अवैध रुपमा भारत तर्फ लैजादै गरेको २२ वटा गोरु प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट गएको गस्ती टोलीले भद्रपुर ३ स्थित मेचीनदी बगर दश गजा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार दिउँसो १ बजे भारत तार्नेक्रममा सीमा क्षेत्रको दशगजा स्थानबाट १६ गोरु र ६ वटा बहर पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । घटनापछि पक्राउ गरिएका चौपायालाइ १ लाख २० हजार बजार मूल्य कायम गरी भद्रपुर भन्सार कार्यालयमा बुझाइएको वडाका इन्सपेक्टर यम कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।