अर्को भूकम्प



जाकार्ता,(एजेन्सी) ।
इन्डोनेसियाको बालीमा मंगलबार बिहान सवेरै ६ रिक्टर स्केल परिमाणकोे भूकम्प गएको अमेरिकी भूगर्भ सभक्षर्णे विभागले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेट जाँदा भूकम्प गएको थियो ।

तर यस भूकम्पकै कारण सुनामी आउन सक्ने चेतावनी भने दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको स्पष्ट पारेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प आउने गरेको छ । भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्