विमान दुर्घटना



स्टकहोम,(एजेन्सी)
उत्तरी स्विडेनमा आइतवार प्याराशुट जम्का लागि यात्रै बोकेर उडेको लगत्तै एउटा विमान दुर्घटना हुँदा नौ जना व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्काइडाइभरहरु माझ निकै लोकप्रिय एउटा मात्र इन्जिनयुक्त गिप्स एरो जिए ८ एयरभ्यान विमान स्थानिय समय अनुसार अपरान्ह दुई बजे युमिया विमानस्थलबाट उडेको केहि समय पछि नै दुर्घटना हुन पुगेको थियो ।

प्रहरी प्रवक्ताले युमि नदीको टापुमा दुर्घटनाग्रस्त सो विमानमा सबै स्विडेनी नागरिक रहेको स्पष्ट पारेका छन् । दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्