राजदुतद्वारा राजिनामा



लन्डन (एजेन्सी)
अमेरिकाका लागि बेलायती राजदुत किम डेरेकले इमेल चुहावतलाई लिएर भइरहेको कुटनितिक विवादका बीच बुधबार राजिनामा दिएका छन् । आफुले अनुमानमाथि पुर्णविराम लगाउन चाहेको डेरेकले बताए । अहिलेको स्थितिमा आफुले चाहेको जस्तो भुमिकार निभाउन असम्भव भइरहेको उनले बताए ।

बेलायतको विदेश कार्यालयले डरेकले राजिनामा दिएका पुष्टी गरेकोछ । बेलायती राजदुतको केही इमेल चुहावत भएपछि अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासन उनी प्रति रुस्ट भएको छ । उक्त चुहावत भएको कुटनितिक इमेलमा ट्रम्प प्रशासनलाई ‘अक्षम र अज्ञानी‘ बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्