काठमाडौँ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेतलाई सुनसहित पक्राउ गरेको हो ।
कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका बस्नेतलाई विशेष सुराकीका आधारमा पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले डाइपरको बटममा ‘रिङ’ बनाएर सुन ल्याएका थिए । यसबारे थप अनुसन्धान भईरहेको छ ।











प्रतिक्रिया