कम्युनिस्ट सरकारले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोज्दै: गगन थापा



धर्मेन्द्र बि सी, अछाम,
कम्युनिस्ट सरकारले नेपाल लाई कम्बोडिया जस्तो बनाउन खोजेको नेपाली काङ्ग्रेसका युवा नेता एवम् पुर्व स्वास्थ्य मन्त्री थापाले आरोप लगाउनु भएको छ ।

कम्बोडिया देशको जस्तै नेपालमा पनि कम्युनिस्ट सरकारले अदालत ,संसद जस्ता सबै क्षेत्र लाई अाफ्नाे पक्षमा लिने अभ्यास गरिरहेको बताए । उनले भने ,एमाले र माओवादिको सिद्धान्त मरिसकेको छ , वर्तमान नेपाल कम्युनिस्ट पाटी को सिद्धान्त नै नभएकोले अब यो गठबन्धन लामो समय सम्म नटिक्ने बताए ।

स्थानीय सरकारले गर्ने काम प्रदेश सरकारले गरेर स्थानीय सरकारको अधिकार लाई लाद्न खोजेको उनको भनाइ छ ।

वर्तमान कम्युनिस्ट सरकार संग काम गर्ने क्षमता नभएकोले केपी वलि नेतृत्वको सरकारले गफै गफमा काम गरिरहेको बताए । साथै थापाले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारले “सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार देशमा संचालन गरिरहेको बताउनु भएको छ ।

मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेकोले यो संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेकाछन। क्षेत्रिय सभापति लक्ष्मण शाहकाे सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार, प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो ।

कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट ,पुर्व पाटी सभापति पुष्प बहादुर शाह,प्रदेश सभा सदस्य अम्बि थापा ,महासमिति सदस्य देबराज देबकोटा,बल बहादुर बिष्ट ,गणेश बहादुर बिष्ट ,अम्बिका चलाउने ,राजन कुवर,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट लगायतको उपस्थित रहेको थियोे ।

कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रिय सचिव टंक बहादुर धामीले गर्नु भएको थियो । कार्यक्रममा २०० जना भन्दा बढी नेताकार्यकर्ता हरु नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्