गृहमन्त्री पर्खदैं राष्ट्रियसभा



गंगा बराल, काठमाडौं ।
राष्ट्रियसभा अहिले गृहमन्त्री पर्खदै बसेको छ । हिजो माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले विरोध गरेका थिए ।

सरकारले संसदमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकको कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले गृहमन्त्रीको जवाफ नआउन्जेलसम्म संसद बैठक स्थगित भएको बताउनुभयो ।

गृहमन्त्रीको जवाफ आएपछिमात्र बैठक सञ्चालन हुने भएको छ । कार्यसूचीमा अर्थमन्त्री बोल्ने कार्यक्रम भएपनि गृहमन्त्रीको जवाफ पछिमात्र अर्थमन्त्रीलाई बोल्न दिने कांग्रेसले अडान लिएको छ । प्रतिनिधिसभाको बैठक पनि गृहमन्त्री नआएपछि भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्