दशरथ चन्दलाई उपाधि



बैतडी, (नेस)

बैतडीको देहीमाडौंमा सम्पन्न दोस्रो संस्करणको मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि दशरथ चन्द नगरपालिका ५ दशरथ चन्दले हात पारेको छ।

बुधबार सम्पन्न फाइनल खेलमा दशरथ चन्द नगरपालिका–२ देहीमाडौंलाई ९ विकेटले पाखा लगाउँदै दशरथ चन्दले उपाधि जित्यो। विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे। निंगलाशैनी खेलमैदान देहीमाडौंमा पहिला ब्याटिंग गरेको देहीमाडौं ९४ रनमा समेटियो। दशरथ चन्दका रविन चन्द र भोज चन्दले दुईदुई विकेट हात पारे।

९५ रनको सामान्य लक्ष्य दशरथ चन्दले ९ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। जसमा रविन चन्दले ५३ रन जोडे।

प्रतिक्रिया दिनुहोस्