आज ललितपुरमा विद्युत आपूर्ति बन्द


ललितपुर । ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पिआईडि फिडर र रेडिायो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएका हो ।

लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द हुने भएको यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ ।

साथै उक्त स्थानमा चाडै कार्य सम्पन्न भएमा समय हेरफेर हुन सक्ने समेत जानकारी गराएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।