काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् । शुक्राबार राष्ट्रपतिले प्रस्तुत गरेको निति तथा कार्यक्रमको विष्यमा छलफल चल्दै गर्दा उनले यस्तो बताएका हुन् । संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको भन्दै सरकारले झुटो बोलेको उनको दाबी छ ।
सरकारको नीति तथा कार्यक्रमको सातौं बुँदामा संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक जुट बनाउन सफल भएको र संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको उल्लेख गरिएको छ ।नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै राजपाका नेता राजेन्द्र महतोले प्रश्न गरे, ‘‘यो संविधानमा विमती छैन रे भो अब १ कसरी विमती छैन हो रु? कहिलेदेखि विमती भएन ?’
संविधानमा कसैको पनि विमती छैन भनेर सरकारले सफेद झूठ बोलेको उनको आरोप छ । ‘झुठको खेती जस्तै छ यो । जनताको अधिकारमाथि दिनदहाडै डकैती, जनता ढाँट्ने, जनतालाई गुमराहमा राख्ने, यस्ता कार्यक्रम घुसेको छ,’ महतोले भने ।











प्रतिक्रिया