सुत्केरी महिलाको पिडाः काखमा ३ महिने बालक, पतिले कुटेर घरबाट निकाले

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नपा–१ की २० वर्षिया गिताकुमारी जैसीलाई उनका पति ३२ वार्षीय दानवहादुर शाहीले कुटपिट गरी घर निकाला गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराएकी छन् ।

११ महिना अगाडी विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती घर भएकी २० वर्षिय गिताकुमारी जैसीलाई तिन महिनाको छोरा सहित सहित घर निकाला गरेका हुन् ।

खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा लामो समयदेखि इलेक्टनीक्स पसल चलाउँदै आएका शाहीले जेठि पत्नीलाई क्यान्सर भएको भन्दै ढाँटेर विवाह गरेको र छोरा जन्मेपछि घर निकाला गरेको आरोप पीडित जैशिले लगाएकी छन् ।

११ महिना अघि जेठि पत्नीलाई क्यान्सरको भनेर जैशीसँग विवाह गरेका शाहीले ढाटेर आफुसँग विवाह गरेको जैशीले बताइन् । ‘मसँग जेठि पत्नीको पाठेघरमा क्यान्सर भएको भनेर ललाई फकाई विवाह गरे ।’ उनले भने,‘अहिले घर निकाल गरेका छन् ।’

जैशीले आफुलाई विवाह गर्नका लागि जेठी पत्नी रन्जना शाहीले समेत फकाएको बताइन् । ‘मलाई विवाह गर्न शाहीकी जेठी पत्नी समेतले दबाव दिइन् ।’ उनले भनिन्,‘विवाह भइसकेपछि कहिले बोक्सीको आरोपमा कुट्ने कहिले केही निहुँमा कुट्ने गरेका थिए ।’

शाहीले नक्कली विवाहबाट बच्नका लागि गिता जैसीसँग पसल गर्न घरभाडा दिएको भन्ने कागज लेखि औठाछाप समेत गर्न लगाएको जैशीले बताइन् । ‘मलाई बहुविवाह बच्नका लागि घरभाडा बसेको कागजमा सहीछाप गर्न लगाए ।’ उनले भने,‘श्रीमति भएरका आएको किन घरभाडाको कागजमा हस्ताक्षर गर्न लगाएको भन्दा बहुविवाहबाट बच्न यो कागज गरिएको भने ।’

घरभाडाको कागजमा मासिक १५ सय भाडा र २०७५ साल जेठ ३० गरिएको सम्झौता असार १ वाट लागु हुने उल्लेख गरिएको छ ।

यसका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले घटनाका वारेमा प्रहरीले अनुसन्धान भइरहेको वताएका छन् ।

छोरा जन्मिएपछि छोराको जन्मदर्ता जेठी पत्नीको रन्जना शाहीको नामबाट छोराको जन्मदर्ता गराएको आफुलाई पति दानवहादुर शाहीले सम्पती दाबी गर्ने कानुनी मान्यतावाट बन्चित गराउन खोजेपछि घरमा विवाद भएको जैशीले बताइन् । ‘छोराको जन्मदर्ता प्रमाणपत्र जेठी श्रीमतिका नाम राखेपछि विवाद बढ्दै गएको हो ।’ उनले भनिन्,‘मलाई सबै ठाउँबाट बन्चित गर्न खोजियो ।’
अहिले जैशीले कानुनी प्रक्रियाका लागिल जिल्ला अदालत कालिकोटमा मुद्धा दायर गरेकी छन् ।