कीर्तिपुरमा महिला महोत्सव शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
महिला उद्यमशीलता प्रर्वद्धन गर्न कीर्तिपुरमा महिला महोत्सवको आयोजना गरिएको छ ।
कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा नगरपालिकाले सो महोत्सव आयोजना गरेको हो । महोत्सवको एक समारोहकाबीच काठमाडौं क्षेत्र– १० का सांसद् राजन केसी, प्रदेश नं ३ का सांसद् पुकार महर्जन र नगरपालिकाको प्रमुख रमेश महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।


सो अवसरमा नगरपालिकाका प्रमुख रमेश महर्जनले महोत्सवले किर्तिपुरको संस्कृति, परम्परासंरक्षणसंग महिला सशक्तिकरणका माध्यम अर्थतन्त्रमा टेवा पु¥याउन महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

नगरमा संस्कृति, संस्कार, सम्पदालाई पर्यटन उद्योगसंग जोडेर आर्थिक विकास गर्न सकिने सम्भावना रहेकोले त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गर्दै मूर्त रुप दिन महोत्सव सघाउने धारणा राख्नुभयो ।

सो अवसरमा उपप्रमुख सरस्वती रिजाल खड्काले महिलाले जानेका ज्ञान सीप मार्फत उद्यमी बन्न प्रेरित गर्ने र नगरपालिकाको मुख्य पहिचानको रुपमा रहेको नेवाः संस्कृति, संस्कारको प्रर्वद्धन गर्न सो महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । महोत्सवले महिलालाई बजारको ज्ञान, एक्स्पोजर क्षमता बढाउने पनि उपप्रमुख सरस्वती खड्काको विश्वास रहेको छ ।


महोत्सवमा नगरपालिकाका १ देखि १० वडाका मिसा पुच, आमा समूहले उत्पादन गरेका सामग्री, नेवारी खाजाको परिकार, हाकुपटासी बुन्ने तरिका, चिउरा उत्पादन गर्ने पुरानो प्रविधि, कृषिजन्य सामग्रीका विभिन्न स्टल राखिएको छ । त्यसैगरी नेवार समुदायका महिलाहरुले सानो छ“दा खेल्ने खेल (हराउ“दै गएको घः कासा ) भेषभूषा, विभिन्न परम्परा, मौलिक जीवनशैली बुझाउने संस्कृति र संस्कारको जीवन्त प्रदर्शनी पनि महोत्सवमा हेर्न सकिने छ ।महोत्सव नेवारी संस्कृति, जीवनशैलीको जीवन्त प्रदर्शनीको रुपमा रहेको जनाउ“दै यसैमा टेकर आर्थिक विकास गर्नुपर्ने सांसद् राजन केसीको धारणा रहेको छ ।

महोत्सव अवधिभर लाखे नाच, धिमे बाजा, विभिन्न सांस्कृतिक झाक्रीको प्रदर्शनी हुने छ ।महोत्सव शनिबारसम्म चल्ने छ ।महिला महोत्सव सकिएपछि चैत्र २४ र २५ गते युवा महोत्सव, र बैशाख ७ गते पांगामा दाफा महोत्सव हुने पनि महोत्सवका संयोजक एवं वडा – ३ का वडाअध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।


२०५३ सालमा चैत्र १४ गते साविकका आठ वटा गाविसलाई गाभिएर नगरपालिकामा परिणत गरिएको थियो । गत चैत्र १४ गतेदेखि वडा– १० स्थित छ्याक ः ल्वह“को मूर्ति युद्धपार्कको शिलान्यास गरिएको थियो। सोही स्थानमा अहिले मूर्तिकला कार्यशाला भइरहेको छ ।सो कार्यशाला १५ दिनसम्म चल्ने छ ।