अश्विनी मिस लुम्बिनी

0
Shares

बुटवल, (नेस)। रूपन्देहीमा सम्पन्न मिस लुम्बिनी सिजन–३ को उपाधि तिलोत्तमा नगरकी अश्विनी कार्कीले चुमेकी छिन्।

ड्रिम इभेन्ट्स एन्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा कुमारी रिसोर्टमा भएको प्रदेशस्तरीय प्रतियोगितामा उनले मुख्य उपाधि चुमेकी हुन्। उनले यो उपाधि जितेबापत अब दुबईमा हुने मिस सुपर ग्लोबल–२०१९ को प्रतिस्पर्धामा नेपालका तर्पmबाट सहभागी हुने अवसर प्राप्न गर्नेछिन्। प्रतियोगितामा सैनामैनाकी पूजा ढकाल फस्ट रनर्सअप भएकी छिन्। उनले हङकङमा हुने ट्यालेन्ट स्टार इन्टरनेसनलमा स्पर्धा गर्न पाउनेछिन्। यसैगरी प्रतियोगितामा बुटवलकी सञ्जु थापा सेकेन्ड रनर्सअप हु“दै युरोपमा हुने कोशोवा वेस्ट मोडल ग्रान्ड युनिभर्समा सहभागिता जनाउने भएकी छिन्।

दीपक भट्टराई र सुमी थापाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा २०११ की मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, याम पुन, प्रज्ञा तिवारी र विनोदकुमार सुवेदी निर्णायक रहेका थिए। परिचय र फेसन क्याटवाक राउन्डबाट अन्तिम पा“च प्रतिस्पर्धी छानिएका थिए भने प्रश्नोत्तर राउन्डबाट विजेता घोषणा गरिएको थियो।

माघदेखि विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी भएका ८० प्रतियोगीबाट अन्तिम ७ जना फाइनल चरणमा प्रवेश गरेको आयोजक संस्थाका कार्यकारी प्रमुख प्रकाश दर्लामीले बताए। यो संस्थाले २०७३ मा पहिलो र २०७४ मा दोस्रो सिजनको इभेन्ट गरेको थियो।