हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं ।
बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बारा फेटा गाउँपालिका–१ भलुही र भर्वलिया तथा सोही गाउँपालिका ६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।

यसैगरी पर्सा वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले निस्शुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा निस्शुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविरमा १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्‍याएको छ ।

 

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।