नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना पक्राउ


काठमाडौँ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषध फेला पारिएको हो । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका– ५ कालोपुल डेरा गरी बस्ने रामेछापका दलबहादुर खड्र, कञ्चनपुरका हरिकृष्ण भट्ट र रचना प्रसाईंको कोठाबाट रु तीन लाख मूल्य बराबरका धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट एक हजार ८०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने छ हजार २०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।