अपहरित ७ वर्षीय बालकको शकुसल उद्धार, अभियुक्त पक्राउ

0
Shares

झापा ।
भारत राघोपुर देवानगञ्ज(२ बाट अपहरित भारत बिहार राज्य सुपोल जिल्ला किसनपुर थाना चोहट्टा पञ्चायत ठाढीधता(२ मौजाहा पोष्ट बस्ने मोहमद सद्दामको छोरा ७ वर्षीय महफुज आलमलाई नेपाल प्रहरीले सकुसल उद्धार गरी अपहरणमा संलग्न ३ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा गौरीगञ्‍ज गाउँपालिका वडा(६ खजुरगाछी बस्ने ४७ वर्षीय बद्री यादव, गौरीगञ्‍ज गाउँपालिका(४ कदमगाछी बस्ने ३१ वर्षीय बिटु भन्ने श्रीप्रसाद मुखिया र सोही गाउँपालिका(४ बस्ने २७ वर्षीया अञ्जुदेवी मुखिया रहेका छन् ।

उक्त ठाउँस्थित मामाघरमा वसिरहेको अवस्थामा मङ्सिर २० गते २ जना पुरूषले अपहरण गरी नेपालको झापातर्फ लगी बालकका बुवासँग १५ लाख भारतीय रूपैयाँ फिरौती मागेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालयहरू दमक र गौरिगञ्‍ज झापाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा झापा दमक नगरपालिका(५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाई राखेको अवस्थामा बालकलाई फेला पारी उद्धार गर्नुका साथै अभियुक्तहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।