पाँचथर ।
भरुवा बन्दुकको पाटपुर्जासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा याङवरक गाउँपालिका(३ ओयाम बस्ने ६० बर्षीय शान्ताबहादुर बिकको घरमा फलाम पिट्ने आरनमा काम गर्ने पाँचथर हिलिहाङ गाउँपालिका(५ का ४८ वर्षीय बुद्धिमान बिक रहेका छन् ।
उनलाई ५ नाल भरुवा बन्दुकको पाटपुर्जा सहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त आरनमा भरुवा बन्दुक बन्छ भन्ने बिशेष सुराकीको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको प्रहरी टोलीले बुद्धिमानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया