यमलाल भुसाल, बुटवल ।
रूपन्देहीको तिलोत्तमा–७ का अशोक मुसहरको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पाँच दिनमै पक्राउगरि सार्वजनिक गर्न सफल भएकोे छ ।
यही मंसिर २१ गते तिलोत्तमा–७ स्थित जहदा खेतमा मृत्य अवस्थामा फेला परेका मुसहरको हत्या गर्ने तिलोत्तमा–७ का २२ वर्षिया पुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चौधरीलाई पक्राउ गरी बुधबार इलाका प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।
चौधरीले मुसहरलाई साउण्ड सिस्टमको विषयमा विवाद हुँदा टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्ष हृदय थापाले जानकारी दिनु भयो ।
‘मुसहर र चौधरी दुवै जान गाउँमा एउटा विहेमा गएका रहेछन’ थापाले भन्नु भयो ‘बाटो फर्किदा दुवैजनाबीच साउण्ड सिस्टमको विषयमा भनाभन भै विवाद भएपछि दोहोर हानाहान हुँदा चौधरीले उनलाई ढुङगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको देखियो ।’
चैधरीलार्ई अहिले म्याद थप गरी अनुसन्धान गरी कानून प्रक्रिया अनुसार अगाडि बढेको इलाका प्रहरी कार्यालय, बुटवल प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिनु भयो ।











प्रतिक्रिया