गोदामचौर सामूहिक बलात्कारका दुई अभियुक्त पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका दुई अभियुक्र्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवर रहेको छन् ।

प्रहरीले उनीहरुलाई बुधबार गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरु गत वर्षको मंसिर २ गते ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा  फरार थिए।

त्यस्तै यस सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गत पुस २६ गते पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा जिल्ला अदालत ललितपुरले छोडेको थियो।