विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीको अवसरमा सम्पूर्ण देश-बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनु भएको छ ।

विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उहाँले यसबाट यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गर्नु भएको।

‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भन्नुभएकाे छ, ‘यस पावन अवसरमा म सबै देशबासीमा शुभकामना दिन चाहन्छु ।’ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै उहाँले यसले गौरवको अनुभूति गराउने बताउनु  भएको छ।

प्रतिक्रिया दिनुहोस्