घरेलु मदिरा नियन्त्रण अभियान


अमृत अर्याल, स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

“जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका छौँ ”, उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणलाई निरुत्साहित गर्न कडाइका साथ कदम चालिने छ । ’प्रहरीले शुरुमा घरेलु मदिरा उत्पादन नगर्न आग्रह गर्ने तर पटक–पटक मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइए कानूनी दायरामा ल्याउने जनाएको छ ।

यसैबीच प्रहरीले शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकाका बजारक्षेत्रका भट्टी पसलबाट ५५ लिटर घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ ४५० लिटर र भाँडाकुँडा बरामद गरी स्थानीयवासी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।